logo-img

सेन्ट्रल जोन भलिबल : उज्वेकिस्तान र माल्दिभ्सको सामना गर्दै नेपाल

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आइतबार नेपालको महिला तथा पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको महिला टोलीले ढाकामा उज्वेकिस्तानकाे सामना गर्नेछ । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । नेपाली महिला टोली आज लगातार चौथो जित निकाल्ने सोचमा हुनेछ ।

गत विजेतासमेत रहेको महिला टोलीले यसअघि श्रीलंकालाई ३-२ तथा माल्दिभ्स र आयोजक बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, पुरुष टोलीले आज आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।



नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघि आयोजक बंगलादेशसँग ३-० र श्रीलंकासँग ३-१ सेटमा पराजित भएको नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो । 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ७:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया