logo-img

सेन्ट्रल जोन भलिबल : अपराजित यात्रालाई कायम राख्ने सोचमा नेपाल

बंगलादेशको ढाकामा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले आज कीर्गिस्तानको सामना गर्दैछ ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेमा कीर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

लगातार चौथो जित निकाल्दै फाइनलमा  स्थान सुरक्षित गरिसकेको नेपाल आज पनि आफ्नो अपराजित यात्रालाई  कायम राख्ने सोचमा हुनेछ । 



यसअघि नेपालले श्रीलंकालाई ३–२ तथा माल्दिभ्स, आयोजक बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को  सोझो सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता  छ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ८:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया