सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता देखाएन : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् । 

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेताहरूले निजी क्षेत्रको सहभागिताबिना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाएका हुन् । 

गोल्छाले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धित एक सय वटा समस्याहरू पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावरण बन्ने पनि दाबी गरे । उनले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी काम अगाडि बढाएको बताए । गोल्छाले ४४ वटा समस्यामध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको पनि बताए । 

उनले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पुनः सुस्ताउँदै गएकोले चिन्ता बढेको बताए । गोल्छाले अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए ।

उनले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजीकरण गर्ने भन्नेबारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताए । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ७:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया