आक्रामक रुपमा तलब बढाउन व्यवसायी तथा कम्पनीलाई जापानी प्रधानमन्त्रीको अनुरोध

जापानी प्रधानमन्त्री फुमिओ किसिदाले कर्मचारीको तलब आक्रामक रुपमा बढाउन व्यवसायी तथा कम्पनीलाई अनुरोध गरेका छन् । 

नयाँ वर्षको अवसरमा व्यवसायिक संगठनले आयोजना गरेको एक भेलामा उनले सम्पत्तिको पुनः वितरण गर्ने लक्ष्यको हिस्साअन्तर्गत सो अनुरोध गरेका हुन् । 

किसिदाले यसअघि पनि कोरोना भाइरसको महामारीपूर्वको स्तरमा उक्लिएका कम्पनीलाई ३ प्रतिशतभन्दा बढी तलब बढाउन अनुरोध गर्दै आएका थिए ।

 ‘तलब वृद्धि भविष्यको लागि लगानी हो, यो भविष्यको आर्थिक वृद्धिको लागि निकै जरुरी पनि छ,’ घरेलु व्यवसायिक संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको सो भेटघाटमा किसिदाले भने, ‘तपाईंहरुले आक्रामक कदम चाल्नुहोस् र सहयोग गर्नुहोस् ।’





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २१:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया