देशभर १२ हजारको परीक्षण गर्दा ५४० जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तो सोही अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । नेपालीमा निको हुनेदर ९७.९ प्रतिशत रहेको मन्त्रालयल  जनाएको छ ।

त्यस्तो कोरोनाका कारण आज थप १ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०२ पुगेको छ । आज देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १७:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया