इटालीबाट अमृतसर आएको विमानका १२५ यात्रुमा कोरोना संक्रमण

इटालीबाट चार्टर्ड उडानमा अमृतसर पुगेका १२५ यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूलाई आइसोलेसनमा राखिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो चार्टर्ड उडान बुधबार दिउँसो इटालीको भेरोनाबाट अमृतसर पुगेको बिबिसी हिन्दीले जनाएको छ । उक्त विमानमा १७९ यात्रु थिए ।

रिपोर्टका अनुसार यो विमानमा सवार १६० यात्रुको परीक्षण गर्दा १२५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो । बालबालिकाको भने कोरोना परीक्षण गरिएको थिएन ।

बुधबार भारतमा ९० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

भारतमा हालसम्म तीन करोड ५० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसका कारण करिब चार लाख ८२ हजार मानिसको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २०:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया