ए डिभिजन लिग : आजबाट आठाैं चरणका खेल

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट आठौं चरणका खेल सुरु हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरवाती दुई खेल हुनेछन्। 

पहिलो खेलमा संकटा क्लबले सातदोबाटो युथ क्लबकाे सामना गर्नेछ । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।

७ खेलमा १३ अंक जोडेर तेस्रो स्थानमा रहेकाे संकटा आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानकाे मछिन्द्रसँग अंक दुरी घटाउन चाहन्छ ।

७ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको सातदाेबाटाे पनि संकटालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

साँझ पाैने पाँचमा हुने दोस्रो खेलमा विभागीय टाेली एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

७ खेलमा ६ अंक जोडेर दशौं स्थानमा रहेको एपिएफ जावलाखेललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।



७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको जावलाखेल पनि एपिएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।
 



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ७:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया