दीपकराज गिरीले बताए ओली र देउवा सरकारको पालाका हिट गीत !

केही दिनयता व्यापारिक घराना बतास अर्गनाइजेसन विवादको शिखरमा छ । नारायणहिटी दरबार संग्रहालयमा प्रतिमहिना २ लाख २१ हजार भाडा दिनेगरी रेस्टुरेन्ट बनाइरहेको थाहा पाएपछि बतास अर्गनाइजेसन विवादमा परेको हो ।

साथै, बतास अर्गनाइजेसनसँग सम्झौता गर्ने तत्कालिन केपी शर्मा ओलीको पनि आलोचना भइरहेको छ । यो संस्थामा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि संलग्नता भेटिएपछि अहिलेको सरकार पनि आलोचनाबाट मुक्त हुन सकेन ।

बतास समूहअन्तर्गत बतास फाउण्डेसनको एडभाइजरमा आरजु रहेको पाइएपछि विवादास्पद काममा वर्तमान सरकारको पनि तीव्र आलोचना भइरहेको हो । 

यसैबीच, कलाकार दीपकराज गिरीले यो विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ‘बतास काण्ड’ लाई लिएर लेखेका छन्, ‘ओलीका पालामा हिट गीत– यति चोखो यति मिठो, देउवाको पालाको हिट गीत– चल बतास चल चल अझै बेगले चल ।’ 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ९:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया