प्रधानमन्त्री कप : पुलिसको विजयी सुरुवात

प्रधानमन्त्री राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

पुलिसले समूह ‘ए’ अन्तर्गत सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपिश्चम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो ।

९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक २७ रनको योगदान दिए । नारायण जोशीले २२ र खड्क बोहराले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पुलिसका लागि आरिफ शेखले ४, करण केसी, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।



पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रनको योगदान दिए । पवन सर्राफले २० र आरिफ शेखले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि आदित्य महता र नारायण जोशीले ३-३ तथा शेर मल्लले २ विकेट हात पारे। 



यो जितसँगै पुलिसले २ अंक जोड्दा सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १२:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया