प्रधानमन्त्री कप क्रिकेट : विभागीय डर्बीमा आर्मी र पुलिस भिड्दै

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार त्रिवि क्रिकेट मैदानमा र मूलपानी क्रिकेट मैदानमा दुई-दुई खेल हुन लागेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै टाेली लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले हराएका थियाे ।

यस्तै त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेशले विभागीय टाेली नेपाल एपिएफ क्लबकाे सामना गर्नेछ ।



दुबै टोली लगातार दोस्रो  जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ तथा एपिएफले प्रदेश-२ लाई २४ रनले पराजित गरेकाे थियाे ।



मूलपानीमा हुने पहिलो खेल प्रदेश-१ र कर्णाली प्रदेशबीच हुनेछ ।

आफ्नो पहिलाे खेल खेल्न लागेकाे प्रदेश-१ कर्णालीलाई हराउँदै सुखद सुरुवात गर्ने साेचमा छ ।

पहिलाे खेलमा आर्मीसँग ६३ रनले पराजित भएकाे कर्णाली पनि प्रदेश- १ लाई हराउँदै पहिलाे जित निकाल्न चाहन्छ ।

मूलपानीमै हुने दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलाे खेलमा एपिएफसँग २४ रनले पराजित प्रदेश-२ गण्डकीलाई हराउँदै पहिलाे जित हात पार्ने साेचमा छ ।

आफ्नो पहिलाे खेल खेल्न लागेकाे गण्डकी पनि प्रदेश-२ लाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ ।

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ७:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया