आइसालेसन नियम उल्लंघन गरेको जोकोभिचको स्वीकार

सर्बियन टेनिसस्टार नोभाक जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसन नियम उल्लंघन गरेको र त्यो आफ्नो ‘त्रुटिपूर्ण निर्णय’ भएको स्वीकार गरेका छन् ।

जोकोभिचले बुधबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् कोरोना संक्रमित भएको दुई दिनपछि एक पत्रकारलाई अन्तर्वाता दिएको जनाएका छन् । जोकोभिचलाई १६ डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

‘म स्वीकार गर्छु, मैले पुनः तालिका बनाउनुपर्थ्याे,’ जोकोभिचले लेखेका छन् ।

उनले अस्ट्रेलिया प्रवेशमा प्रयोग हुने ट्राभल फारममा आफ्नो एजेन्टले पनि गल्ती गरेको बताएका छन् ।

कोरोनाविरुद्धको खोप नलगाएका जोकोभिच अस्ट्रेलिया आएलगत्तै ६ जवनरीमा अस्ट्रेलियन सरकारले उनको भिसा रद्द गरेको थियो ।

सोमबार अदालतले सरकारको निर्णय खारेज गरेपछि जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सम्भावना प्रवल बनेको थियो ।



मंगलबार अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा रद्द गर्ने कि नगर्ने भन्ने सन्दर्भमा विस्तृत छानबिन गर्ने बताएका थिए ।

अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका जोकोभिचमाथि १४ दिनको क्वारेन्टिन पूरा नगरेको आरोप छ । 



१४ दिनको क्वारेन्टिन नियमको उल्लंघनलाई अस्ट्रेलियन सरकारले ‘गम्भीर अपराध’ को सूचीमा राखेको छ ।

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १३:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया