च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण
फरकधार / २९ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



जारी लिगको नवौं चरणका खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोभिड संक्रमण पुष्टि भएको बताए ।



‘टोलीका दुई खेलाडीमा कोभिड संक्रमण देखिएको छ,’ उनले भने, ‘कमललाई पोखराबाट फर्किएपछि कोभिड पुष्टि भएको थियो । प्रदीपलाई भने हिजोको परीक्षणको रिपोर्टमा संक्रमण देखिएको हो ।’



कमलको स्थान भने सागर थापाले खेल्ने उनले बताए ।







  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १५:२९:३१,   अन्तिम अपडेट : पुस २९, २०७८ बिहीबार १५:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया