logo-img

बग्दादस्थित अमेरिकी दूतावासमा रकेट हमला
सांकेतिक तस्वीर

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट हमला भएको छ ।

इराकी सेनाका अनुसार हमला बिहीबार राति भएको थियो । रकेट स्कुलमा खसेको थियो । रकेट हमलामा परी एक बच्चा र एक महिला घाइते भएको सेनाले जनाएको छ ।

सैन्य अधिकारीले न्युज एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार दुतावासलाई लक्षित गरी तीनवटा रकेट हमला गरिएको थियो । जसमध्ये दुई रकेटलाई रकेट रक्षा प्रणालीले निष्क्रिय पारेको थियो ।



यस महिनामा दूतावासलाई लक्षित गरी धेरै हमला भएको छ । यसको पछाडि ईरान-गठबन्धन मिलिशिया समूह रहेको अमेरिकाको आरोप छ । 

मिलिशियाले पछिल्लो वर्ष पनि यसै गरी दर्जनौं हमला गरेको थियो । 
 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ८:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया