स्रोत नखुलेको नगदसहित पक्राउ

रौतहटको बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत बिहारकाे मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाल रहेका छन् ।

नेपालतर्फ आउँदै गरेको बिआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी साेमबार दिउँसाे मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ११:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया