धनुषामा टाउको फोडेर हत्या गरिएकी महिलाको पहिचान खुल्यो, एक जना पक्राउ
सांकेतिक तस्बिर

धनुषामा टाउको फोडेर हत्या गरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।

मृतक महिला धनुषाको मिथिला नगरपालिका–१ लक्ष्मीनिबास बस्ने कामेश्वर महतोको २५ वर्षीया छोरी इन्द्रकलाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

इन्द्रकलाको शव धनुषा धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो ।

मृतकको टाउकोमा कुनै वस्तुले प्रहार गरिएको घटनास्थलको प्रकृतिले देखिएको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा छ । उनी सोमबार बस चढेर माइत आउन लागेकी थिइन् ।

ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी ७ किलोमिटर पूर्वमा उनको  हत्या भएको भन्नेबारे केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव परीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।



घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको तथा यसबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।



  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १४:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया