सर्वदलीय बैठक बसेन, प्रधानमन्त्रीकाे सचिवालय भन्छ- बैठक बोलाइएकै थिएन
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक आज नबस्ने भएको छ । 

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेताहरूले आजका लागि सर्वदलीय बैठक बोलाएको बताएका थिए । 

तर, प्रधानमन्त्रीको सचिवालयले भने अहिलेसम्म सर्वदलीय बैठक नै नबोलाएको जानकारी दिएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आजको सर्वदलीय बैठक नै बोलाइएको थिएन । 

उनले फरकधारसँग भने, ‘आजको लागि सर्वदलीय बैठक नै बोलाइएको थिएन । कसले के प्रचार गर्‍याे थाहा भएन ।’

यसअघि देउवाले बोलाएको बैठकमा एमाले नजाने बताएको थियो । 



एमाले उपमहासचिव प्रदीप ज्ञवालीले फरकधारसँग कुरा गर्दै सर्वदलीय बैठक अलमल्याउनका लागि मात्र बोलाइएको भन्दै आफूहरू नजाने बताएका थिए ।



  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १०:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया