परमाणु बमभन्दा बढी शक्तिशाली थियो टोङ्गा ज्वालामुखी विस्फोटः नासा

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले टोङ्गामा विस्फोट भएको ज्वालामुखी परमाणु बमभन्दा बढी शक्तिशाली रहेको बताएको छ । 

गत साता टोङ्गामा ज्वालामुखी निस्कँदा त्यसको असर दश हजार किलोमिटर टाढा रहेका पेरुमा समेत परेको थियो । 

ठूलो आवाजसहित विस्फोट भएको ज्वालामुखीका कारण समुद्रमा अग्ला छाल उत्पन्न भएका थिए । सुरुमा विस्फोटका कारण सुनामी आउने चेतावनी दिइएको थियो । तर पछि सुनामी नआउने बताइयो ।  

नासाका अनुसार टोङ्गामा भएको ज्वालामुखी विस्फोट दोस्रो विश्व युद्धका बेला अमेरिकाले जापानको हिरोसीमामा खसालेको परमाणु बमभन्दा सयौं गुना बढी शक्तिशाली रहेको थियो । 

उक्त विस्फोटको असर टोङ्गाका ८० प्रतिशत जनतामा परेको जनाइएको छ । विस्फोटका कारण तीन जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १०:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया