नेप्से परिसूचक ३८.४२ अंकले घट्यो

साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ ।

मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ ।

बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा कमले गिरावट आएको छ ।

नेप्से परिसूचक गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य भने  सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यता सिइडिभी हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ ।

तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।



आज कारोबारको आधारमा अपी पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया