मेलौली नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाले सेवा बन्द गरेको छ ।  नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएका हुन् । एन्टिजेनबाट कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । 

यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको थियो ।

बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।   





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १३:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया