टाेयाेटाले अब चन्द्रमामा जाने कार बनाउने

जापानको प्रख्यात कार कम्पनी टोयोटाले अब छिट्टै पृथ्वीबाट अन्तरिक्षमा चल्ने कार बनाउने भएको छ । यस कारमार्फत् सन् २०४० सम्ममा मानिसलाई चन्द्रमामा रहन सहयाेग गर्ने र मंगल ग्रहमा पठाउने योजना रहेकाे छ ।

कम्पनीले यसलाई ‘लुनार क्रुजर’ नाम दिएको छ । जसको डिजाइन र निर्माणका लागि स्वदेशी जापानीज एरोस्पेस एक्सप्लोरेसन एजेन्सीसँग सहकार्य गरेको छ ।

टोयोटाका अधिकारीहरूका अनुसार यो कारमा बसेर अन्तरिक्षयात्रीहरूले खाना तथा निद्रादेखि चन्द्रमा वा मंगल ग्रहको सतहमा सुरक्षित रूपमा अन्तरक्रिया र काम गर्न सक्नेछन् ।

तर, यो क्रुजर सडकमा गुड्ने सामान्य कारजस्तो हुने छैन । यसमा रोबोटिक हात हुनेछ, जसले अन्तरिक्षमा निरीक्षणकाे काम गर्नेछ।

चन्द्रमाको सतहमा चाहिने गुणस्तर, आराम र विश्वसनीयतालाई ध्यानमा राखेर क्रूजरलाई लुनार क्रुजर नाम दिइएको टोयोटाले जनाएको छ । कम्पनीले एसयुभी ल्यान्ड क्रुजर बनाउँदा पनि यही विचारलाई ध्यानमा राखेकाे थियाे ।

टोयोटाको लुनार क्रुजर प्रोजेक्टका प्रमुख ताकाओ सातोले भने, ‘हामी यस शताब्दीमा अन्तरिक्षलाई महत्त्वपूर्ण परिवर्तनको क्षेत्रका रूपमा हेर्छौं । हामी अन्तरिक्षका लागि सञ्चार र अन्य प्रविधिको विकास गर्न चाहन्छौं, जुन मानव जीवनका लागि मूल्यवान साबित हुनेछ ।’



पछिल्ला केही वर्षयता चन्द्रमाप्रति जापानीहरूको आकर्षण बढ्दै गएको छ ।



  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १०:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया