सरकारले संविधानसँग बाझिएका कानुन संशोधनको प्रक्रिया अगाडि बढाउने

सरकारले संविधानसँग बाझिएका कानुन संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । 

सत्तारुढ गठबन्धनको शनिबार बसेको बैठकले बाझिएको हदसम्मका कानुन संशोधन गर्ने निर्णय गरेपछि सरकारले त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउने भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । 

स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनको केही प्रावधान संविधानसँग बाझिएको छ । गठबन्धनको बैठकले जेठ मसान्तसम्ममा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाब दिने पनि निर्णय गरेको छ । 

गठबन्धनमा यसअघि निर्वाचन मंसिरमा गर्ने विषय पनि उठान भएको थियो । अन्ततः जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ ।
 





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २०:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया