सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरी यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको विश्वविद्यालय सिनेट बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालयले मल्ललाई बर्खास्त गर्नुको कारण भने खुलाएको छैन ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की काजमा शिक्षाशास्त्र संकायमा डिन थिए ।
कार्की नेकपा निकट हुन् । तत्कालीन एमालेमा आबद्ध उनी बीचमा नेकपा माओवादीमा प्रवेश गरेका थिए । उनी विद्यावारिधिका लागि अनुसन्धानमा छन् ।
बर्खास्त गरिएका रजिस्ट्रार मल्ल नेपाली कांग्रेससँग निकट छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।