कोरोना त्रास : कतारमा खुला ठाउँमा मात्र खेलकुद गतिविधि गर्न पाइने

कतारले सामूहिक खेलकुद गतिविधि खुला ठाउँमा मात्रै गर्ने घोषणा गरेको छ । कोभिड-१९ को संक्रमण थप फैलिनबाट रोक्न राष्ट्रिय खेलकुद दिवस आयोजक समितिले खेल गतिविधि खुला ठाउँमा मात्रै गर्ने घोषणा गरेको हो । 

प्रत्येक गतिविधिमा सहभागीको संख्या टोली १५ जनाभन्दा बढी हुन नहुने र ती व्यक्तिहरू सबैले खोप लगाएको हुनुपर्ने मन्त्रालयले नियम बनाएको छ ।

मन्त्रालयका अनुसार पाँचजना व्यक्ति, पूर्ण खोप नपाएका र १२ वर्ष मुनिका बालबालिकाले व्यक्तिगत खेलकुदमा भाग लिन सक्ने तर उनीहरूले प्रतियोगितामा भाग लिनुअघि २४ घण्टामा एन्टिजेन परीक्षण गरेको प्रमाण देखाउनुपर्नेछ । कम्तीमा १ मिटरको भौतिक दूरी कायम राख्न सबैले प्रतिबद्धता देखाउनुपर्ने, मास्कले सास फेर्न गाह्रो हुने खेल अभ्यास गर्दाबाहेक सबै आयोजकहरू, सहभागीहरू र दर्शकहरूले मास्क अनिवार्य लगाउनुपर्ने पनि नियम बनाइएकाे छ । 

समितिले जनस्वास्थ्य मन्त्रालयको सम्बन्धित निर्देशनबमोजिम पार्क तथा खेलकुद मार्ग तथा अन्य सबै ठाउँमा खेलकुद तालिमका सामग्री प्रयोग गर्न सकिने जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १०:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया