सभामुखलाई महाभियोग लगाउने भए एमालेको साथ रहन्छ : टोपबहादुर रायमाझी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटा अटाउन महाभियोगको प्रस्ताव ल्याए आफूहरूले साथ दिने बताएका छन् ।

आज काठमाडौंमा आयोजित भए कार्यक्रममा उनले आफूहरू सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताएका हुन् । ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रूपमा चल्नुभएन,’ नेता रायमाझीले भने ।

आफूहरू अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनले बताए । ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसिसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं,’ उनले भने ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने पनि स्पष्ट पारे । ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन, नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ,’ उनले भने । 





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १२:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया