काठमाडौं उपत्यकामा १५०९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५०९ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौंमा भेटिएका छन् । काठमाडौंमा १ हजार २४९ संक्रमित थपिएका हुन् । त्यसपछि ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा २१ हजार ७३६, ललितपुरमा ९ हजार ३६० र भक्तपुरमा ४ हजार ६५२ गरी हाल काठमाडौं उपत्यकामा कुल ३५ हजार ७४८ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, आज ३ हजार १७५ जना संक्रमित थपिएका छन् भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १७:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया