पुटिनको आरोप : नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियार प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको आरोप लगाएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको छलफलपछि उनले यस्तो आरोप लगाएका हुन् । 

‘नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन् । तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,’ पुटिनले पत्रकार सम्मेलनमा भने ।

उनले अगाडि थपे, ‘अवश्य पनि हामीले राष्ट्रपतिसँग सबै कुराको बारेमा कुरा गर्यौं, तपाईले देख्न सक्नुहुन्छ, धेरै लामो समयसम्म, लगभग छ घण्टासम्म छलफल भएको थियो ।’ 

उनले किभले मिन्स्क सम्झौताहरूको पालना गर्न अस्वीकार गरेकोमा पनि म्याक्रोनको ध्यानाकर्षण गराएको बताए । ‘किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको छ र मिन्स्क सम्झौताहरूको पालना गर्न किभले अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएँ,’ पुटिनले भने ।

मंगलबार म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न किभ जाने योजना बनाएका छन् । -एएनआई





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार ११:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया