गोरखा सेवा समाज कतारको आयोजनामा ‘सकारात्मक सोच र व्यक्तित्व विकास सम्बन्धी’ प्रशिक्षण सुरु

गोरखा सेवा समाज कतारले आयोजना गरेको ‘सकारात्मक सोच र व्यक्तित्व विकास सम्बन्धी’ प्रशिक्षण सुरु भएको छ । सामाजिक गतिविधिमा सक्रियता देखाउँदै आएको समाजले कतारमा कार्यरत नेपाली आप्रवासीलाई लक्षित गरी मंगलबारबाट प्रशिक्षण सुरु गरेको हो ।  

संस्थाले असल र सफल नागरिक निर्माणका लागि प्रेरणामूलक कार्यक्रमसहित सकारात्मक सोचसँगै व्यक्तित्व र नेतृत्व विकास विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेका समाजका महासचिव विकास श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भर्चुअल अर्थात् (जुम) मार्फत भइरहेको प्रशिक्षण आउँदो सोमबारसम्म चल्नेछ । प्रशिक्षणको पहिलो दिन विजयराज सिग्देलले प्रशिक्षण दिएका छन् । त्यस्तै, दोस्रो दिन रमन भट्टराई र तेस्रो दिन नारायण सिग्देलले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणको पहिलो दिन ‘व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी विषयक’ प्रशिक्षणमा ६० जनाको सहभागिता थियो । प्रशिक्षणको दोस्रो दिन ‘सकारात्मक सोचको विकास वृद्धिमा रोग कसरी लाग्छ र उपचारको विधि के हुन्छ’ र अन्तिम दिनमा ‘नेपालमा कृषिको सम्भावना विषय’ छलफल हुनेछ । प्रशिक्षण कक्षा स्थानीय समय ४:१५ बाट सुरु हुनेछ । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १२:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया