logo-img

कतारमा कार्यरत नेपालीले गरे रक्तदान

गण्डकी प्रदेश समन्वय परिषद कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कतारमा स्थापित गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक संस्थाको संयुक्त आयोजना र परिषद्को समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।

कतारको सरकारी अस्पताल हमाद अस्पतालको परिसरमा भएको रक्तदान कार्यक्रममा यहाँ कार्यरत २८ जना नेपाली रगत दान गरेका थिए।



'रक्तदान नै जीवनदान हो' भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा  गैरआवासीय नेपाली संघ कतारका प्रतिनिधि, विभिन्न वैचारिक, सामाजिक, जिल्ला प्रदेश जातीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको समन्वय परिषद्का अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १९:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया