जर्मनीले युक्रेनमा रहेका आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिएको छ। जर्मनीले शनिबार उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो।
युक्रेनी सीमानजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण केही दिनयता रुस र युक्रेनबीच फेरि तनाव बढेको भन्दै जर्मनीले आफ्ना नागरिक फिर्ता बोलाएको हो ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस्। यदि जरुरी ठान्नुहुन्न भने केही समयको लागि युक्रेनी भूगोल छाड्नुहोस्।’
यता, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र पश्चिमले युक्रेन र रुसबीच द्वन्द्व चाहेको आरोप लगाएका छन्। यसअघि अमेरिकाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।