बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, बसचालक फरार

काठमाडौं‌को बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १५:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया