सत्ता गठबन्धनको बैठकबाट बाहिरिए माधव र झलनाथ
फाइल तस्वीर

सत्तारुढ गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल बाहिरिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी पाँच बजेपछि सुरु भएको गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका नेता बाहिरिएका हुन् । उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका छैनन् । अन्य नेताहरूबीच भने छलफल जारी रहेको छ ।

गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने बताइएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १९:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया