२० फागुनसम्म मतदाता परिचयपत्रका लागि निवेदन दिन आह्वान

मधेस प्रदेशको निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र हराएको मतदाताका लागि सूचना जारी गरेको छ । 

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालयले सम्पूर्ण मतदाताको मताधिकार सुनिश्चित गर्न सूचना आह्वान गरेको हो ।

मधेस प्रदेशको निर्वाचन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मतदाताले कुनै कारणवश निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र हराएमा वा नष्ट भएमा सरोकारवाला स्वयंले २० फागुनसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिन आह्वान गरेको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १८:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया