सोमालियामा आत्मघाती विस्फोट : १० को मृत्यु, १६ जना घाइते

सोमालियामा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरूको समूह ‘अल शबाब’ ले लिएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु भएकामध्ये केही सरकारी अधिकारीसमेत छन् । घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन् । एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइनँ, अति अमानवीय घटना ।’  

घटनास्थल राजधानी मोगादिसुदेखि ३४० किलोमिटर टाढा पर्छ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनाको विभिन्न क्षेत्रबाट भर्त्सना र आलोचना भएको छ । -एएफपी 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ६:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया