देशभर थपिए ४७६ संक्रमित, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४७६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ८३१ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।

कोरोनाका कारण आज ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९२८ पुगेको छ ।

आज देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १७:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया