logo-img

युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाब : उडान बन्द छ, सुरक्षित रुपमा घरमै बस्नुस्

युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ । 

जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो।  

हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ । त्यस्तै, राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । 



रुसले आज बिहानबाट युक्रेनमा सैन्य कारबाही थालेको छ । यसक्रममा दर्जनौँको मृत्यु भएको छ । राजधानी किभलगायत कयौँ स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार २०:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया