मन्त्री यादवले कुनै काम गर्न नसकेको मधेस प्रदेश प्रमुख मिश्रको गुनासो

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पार्टीबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले अहिलेसम्म कुनै काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय महेन्द्रनारायण निधिको शतवार्षिकी जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै मिश्रले पार्टीको हितभन्दा पनि मन्त्री यादव आफ्नो आसेपासे र नातागोतामा मात्र केन्द्रित बनेको आरोप लगाए । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर–३ ले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले मन्त्री यादवले महेन्द्र नारायण निधि र रामनारायण मिश्रको नाममा ६ महिना अगाडि नै करोडौँको योजना घोषणा गरे पनि अहिलेसम्म डीपीआरसमेत बनाउन नसकेको भन्दै गुनासोसमेत पोखे ।  

मिश्रले अहिले कांग्रेसमा आपसी सद्भाव र सहयोग समाप्त भई गुट र उपगुटको राजनीति चलिरहेको भन्दै दुःख व्यक्त गरे । कांग्रेस धनुषा क्षेत्र नंं ३ का क्षेत्रीय सभापति श्याम निधिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य रामकृष्ण यादवलगायतका नेताको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १९:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया