logo-img

युक्रेन-रुस युद्धः आपत‍्मा परेका नेपालीको उद्धार प्रयास गर्दै एनआरएनए
फाइल तस्वीर

रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सक्रियता देखाएको छ । 

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भावनाका बारेमा पहल सुरु गरेको हो । 

युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतमा परेका नेपालीलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ । 



नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपाली, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारी, तथा रुस र जर्मनीमा रहेका नेपाली दूतावासका प्रतिनिधि सहभागी हुने छन् । 

केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भावनाको बारेमा संघले छलफल थालेको हो । 

युरोपियन युनियनका कयौँ मुलुकले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पीडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ । 



शनिवार नेपाली समय साँझ ७ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन संघका महासचिव डा. हेम राज शर्माले आग्रह गरेका छन् । उनले युक्रेनमा रहेका नेपालीहरुको सहयोग र उद्धारको लागि जुट्न सबै पक्षलाई आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार २०:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया