दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

सत्तारूढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । 

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । 

संसदीय दलको कार्यालयले आफूहरूलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया