व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पास गर्न सत्ता गठबन्धनमा सहमति
फाइल तस्बिर

सत्ता गठबन्धनका दलहरूबीच अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पास गर्न सत्ता गठबन्धनमा सहमति भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग पौडेलले भने । 

आज बिहान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो । 

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । यो बैठकले एमसिसी पारित गर्ने सम्भावना छ ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया