व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको असहमति

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति असहमति जनाएका छन् । 

यसअघि एमसिसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार बिहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

माओवादीले यसअघि एमसिसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसिसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो । 

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको विपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । 

‘आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।  






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १२:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया