कांग्रेस नेताको दाबी– व्याख्यात्मक घोषणाको अमेरिकाले पनि स्वागत गर्छ

अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयलाई अमेरिकाले पनि स्वागत गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

आज विहान बालुवाटारमा बसेको बैठकले एमसिसी आजै संसदबाट पारित गर्ने निर्णय गरेको छ । 

योसँगै फरकधारसँग कुराकानी गर्दै एक कांग्रेस पदाधिकारीले भने, ‘जसरी हामीले यो विषयमा सहमति निकालेका छौँ, त्यसलाई अब अमेरिकाले पनि स्वागत गर्ने निश्चित भएको छ ।’

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्नुअघि नेकपा माओवादी केन्द्रको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १२:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया