नेकपा माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले एमसिसी पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै संचालन गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आज सुरु भएको एमसिसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘कर्मचारीहरु एमसिए नेपालले नियुक्त गर्ने तर उनीहरुको नागरिकता भने नेपालले जाँच गर्न नपाउने । वौद्धिक सम्पदाको कुरा होस या लेखा परीक्षणका विदमान तर्क हुन धेरै असमान र अपमान खालका प्रावधानहरु राखिएको छ ।’
यो पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार संचालन गर्ने भन्दै उनले भने, ‘यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै संचालन गरिनेछ । वौद्धिकहरुले त्यतिकै यसलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिरहेका छैनन । के पनि सुन्नमा आएको छ एक दर्जनभन्दा बढी गोप्य र पुरक सम्झौता पनि गरिएका छन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।