नेपाली आकाशमा २० फन्का लगाएर कतार एयरवेजको विमान बंगलादेश 'डाइभर्ट'
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर कतार एयरवेजको विमान बंगलादेश डाइभर्ट भएको छ । नेपालको आकाशमा २० फन्का लगाउँदा पनि अवतरण गर्न नसकेपछि कतार एयरवेज ३३०–२०२ विमान बंगलादेश डाइभर्ट गरिएको हो । 

दोहाबाट काठमाडौं आएको जहाज दिउँसो २ बजेर ३५ मिनेटमा अवतरण गर्ने तालिका थियो । सिमरामाथिको आकाशमा २० फन्को मारेको विमानलाई चाहिने इन्धन अभावका कारण अढाई घन्टापछि ढाका फर्केको थियो । 

क्यूआर ६४६ उडान नम्बरको उक्त विमानमा २ सय ५३ यात्रु थिए । त्यही विमानमा काठमाडौंबाट दोहा जाने २ सय ९ जना थिए । उक्त विमान बिहीबार ४ बजे दोहा फर्किने तालिका थियो ।

अवतरणका लागि चाहिने हावाको गतिभन्दा बढी भएपछि सिमराकै आकाशमा फन्को लगाएर दोहो फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार २१:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया