logo-img

सत्तारुढ दलहरू एमालेसँग एक्लै भिड्न डराए : गोकर्ण विष्ट
फाइल तस्वीर

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् ।

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दावी गरे । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिडन डराएको बताए । 



‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ । नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ,’ उनले भने ।

सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया