सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघ्यो

सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजाबी सुनको भाउ तोलाको १ लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैयाँको दरले बढेको छ । शुक्रबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ११:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया