नापोलीलाई हराउँदै सिरी ‘ए’ को शीर्षमा उक्लियो एसी मिलान

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति नापोलीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एसी १–० अन्तर गोलले विजयी हुँदै तालिकाको शीर्षमा उक्लिएको हो । 

भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंक जोडेको छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ ।

पराजित नापोली २८ खेलबाट ५७ अंकसहित तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १–० अन्तरले पराजित गरेको छ । 






  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ७:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया