कांग्रेस धनुषाको नयाँ नेतृत्वका मतदान जारी, ६० प्रतिशत मत खस्यो

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । 

निर्वाचन अझै जारी रहेको र अन्तिम मतदाता नआएसम्म नरोकिने निर्वाचन समितिले जनाएको छ ।  

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा बिहान ११ बजेदेखि जारी मतदानमा अहिलेसम्म १ हजार ७ सय भन्दा बढि डेलिगेटहरूले मत खसाईसकेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । 

निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भए पनि प्राविधिक कारणले बिहान ११ बजेदेखि मात्र मतदान सुरु भएको जनाएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । 

सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवबिच प्रतिस्पर्धा छ । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।



यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतले उम्मेदवारी दिएका छन्।

धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेका छन् ।



निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १७:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया