एमाले अध्यक्ष ओलीलाई प्रदीपको जवाफ- चुनाव रंगले जितिने होइन, कर्मले जनमत लिन सक्नुपर्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन् ।

स्थानीय तह निर्वाचनमा मतपत्रमा चुनाव चिह्नलगायत हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्।

 ‘चुनाव रंगले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो। बहुमतको सरकारले विगतमा जनताका लागि के-कति कर्म गर्‍याे ? फर्केर हेर्नुहोस् । हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ। रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन’, उनले ट्विटरमा लेखेका छन्।
 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १५:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया