यसरी भेटेका थिए कपिल शर्माले जीवनसाथी

एजेन्सी– ‘कमेडी नाइट विथ कपिल’ र ‘द कपिल शर्मा सो’का सञ्चालक कपिल शर्मा केही दिनअघि बन्धनमा बाँधिए । लामो समयसम्म पर्दाबाट गायव भएका शर्मा गिन्नी चतरथ नामकी युवतीसँगको विवाहपछि फेरि चर्चामा छन् । अहिले उनी कमेडी सोका साथ सानो पर्दामा आइरहेका छन् ।

१७ नोभेम्बरमा गिन्नी चतरथको जन्मदिनको अवसरमा कपिलले उनीसँगै भएको भएको फोटो पनि सेयर गरेका थिए । जसमा उनले हरेक समय साथ दिएकोमा गिन्नीलाई धन्यवाद दिएका थिए । 

अहिले उनकी श्रीमती गिन्नी चतरथले आफ्नो विवाहसँग जोडिएका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । गिन्नी चतरथको वास्तविक नाम भवनीत चतरथ हो । उनलाई मायाले सबैले गिन्नी भनेर बोलाउँछन् । 

जलन्धरको शिख परिवारमा जन्मिएकी गिन्नी र कपिल शर्माको भेट पहिलोचोटि सन् २००५ मा मुम्बईमा भएको थियो । त्यतिवेला कपिल २४ र गिन्नी १९ वर्षका थिए ।

कपिल शर्मा त्यस समय थिएटरमा सो निर्देशकको काम गर्थे । अडिसनकै दौरान कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट उनी प्रभावित भए र उनलाई नाटकको हिस्सा बनाए । त्यस समयमा गिन्नी कपिलका लागि घरबाट खाना लिएर आउने गर्थिन् । 

सुरुमा अभिनेत्री बन्ने सपना देखेकी गिन्नीले सन् २००९ मा स्टार वानको स्ट्यान्ड–अप कमेडीमा भाग लिएकी थिइन्, जसमा कपिल शर्मा पनि थिए । सोपछि गिन्नीलाई पञ्जाब टेलिभिजनबाट अफर पनि आयो । 



तर, उनले अभिनयबाट टाढा रहने बताइन् । फाइनान्समा एमबिए गरेकी उनले आफ्नो बाबाको व्यावसायमा सघाउने निर्णय गरिसकेकी थिइन् । 

कपिल शर्मा पहिलोचोटि गिन्नीको हात माग्न जाँदा गिन्नीका बाबाले अस्वीकार गरेका थिए । पछि फेरि
२०१६ डिसेम्बरमा कपिलले फोन गरेर गिन्नीसँग विवाह गर्ने इच्छा व्यक्त गरे । यसपालि भने कपिलको प्रस्तावलाई बाबाले गिन्नीका स्विकारे । 



१७ मार्च २०१७ मा कपिलले आफ्नो प्mयानसँग गिन्नी आफ्नी बेटर हाफ हुन् भनेर इन्स्टाग्राबाट जानकारी दिएका थिए । 

कपिल शर्मा र गिन्नी चतरथ हनिमुन नजाने भएका छन् । खासमा कपिल आफ्नो आउँदै गरेको नयाँ सोको तयारीमा व्यस्त भएकाले हनिमुन योजना नबनाएका हुन् । उनी छिट्टै नै नयाँ सो लिएर आउँदै छन् । 


 

  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १५:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया