साफ यू-१८ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । यो खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । तर, नेपाललाई उपाधि दाबेदार टोलीविरुद्ध जित निकाल्न सहज भने छैन । 

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । नेपालले दोस्रो खेल १७ मार्चमा बंगलादेशसँग खेल्नेछ । त्यस्तै, नेपालले २१ मार्चमा भारत तथा २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । 






  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ७:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया